Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

सर्वोच्च संकट : प्रधानन्यायाधीशले तोकेको इजलास बसेन, न्यायाधीशहरू छलफलमा

सर्वोच्च संकट : प्रधानन्यायाधीशले तोकेको इजलास बसेन, न्यायाधीशहरू छलफलमा


  • 2.9K
    Shares

    सर्वोच्च संकट : प्रधानन्यायाधीशले तोकेको इजलास बसेन, न्यायाधीशहरू छलफलमा
    images

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिकसहित ११ इजलास तोकेका छन् । तर इजलास भने बसेको छैन ।न्यायाधीशहरूले इजलाशमा नबस्ने गरी छुट्टै छलफल थालेका बेला प्रधानन्यायाधीश जबराले ११ इजलास तोकेका हुन् ।

    जबराले आफ्नै नेतृत्वमा पूर्ण र संवैधानिक इजलास पनि तोकेका छन् । संवैधानिक इजलासमा दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठसमेत छन् । यो इजलासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाइ गणेश हमालले दायर गरेको मुद्दा छ ।

    यसैगरी जबराको एकल इजलासमा अदालतको अवहेलनासम्बन्धी लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको मुद्दा छ । यसैगरी मधुकुमारी चौधरीविरुद्धको सम्पत्ति शुद्धीकरण सम्बन्धी, मोरङ र कास्की जिल्ला अदालतविरुद्धको बन्दी प्रत्यक्षीकरण सम्बन्धी र नेपाल सरकारविरुद्धको कालोबजार तथा केही सामाजिक अपराध सम्बन्धी कसुरको मुद्दा छ ।

    प्रधानन्यायाधीश जबराले इजलास तोके पनि उपलब्धन्यायाधीशहरू छलफलमा बसेको र कानुन व्यवसायीहरूले बहस पैरवी नगर्ने निर्णय गरेकाले न्यायनिरुपण हुने सम्भावना भने देखिएको छैन ।

    प्रधानन्यायाधीश जबराले न्यायालयको साख गिराउने काम गरेको भन्दै न्यायाधीशहरू दुई दिनदेखि इजलासमा बसेका छैनन् । न्यायाधीश इजलासमा नबस्ने र कानुन व्यवसायीले बहसमा भाग नलिने गर्दा न्याय निरुपणको हकबाट सेवाग्राही मर्कामा परेका छन् ।

    आफ्नै सहकर्मी न्यायाधीश र कानुन व्यवसायीहरुले राजीनामा मागेपछि प्रधानन्यायाधीश जबरा दबाबमा परेका छन् । यद्यपि उनले कसैले माग्दैमा पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

    प्रकाशित मिति :कार्तिक १० २०७८ बुधवार - १२:५४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij