Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

विवादमा फसेका प्रधानन्यायाधीश राणाले तोके ११ इजलास

विवादमा फसेका प्रधानन्यायाधीश राणाले तोके ११ इजलास


  • 4.2K
    Shares

    विवादमा फसेका प्रधानन्यायाधीश राणाले तोके ११ इजलास
    images

    काठमाडौं । विवाद र सहकर्मी न्यायाधीशहरुको इजलास बहिस्कार गर्ने चेतावनीकै बीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारको पेसी तोक्नु भएको छ ।

    उहाँले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोक्नु भएको हो । सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन ।

    उनीहरुले प्रधानन्यायाधीश राणले तोक्ने कुनै पनि पेसी नहेर्ने अडान लिएका छन् । प्रधानन्याधीश जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने उनीहरुको अडान छ ।

    उनीहरुले मंगलबारको बैठकमा प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडान राखेका थिए । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका १५ जना बहालवाला न्यायाधीश आज पनि छलफलमा बस्दैछन् ।

    प्रकाशित मिति :कार्तिक १० २०७८ बुधवार - ११:२३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij