Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आजको राशिफल : २०७८ कार्तिक १० गते (बुधबार)

आजको राशिफल : २०७८ कार्तिक १० गते (बुधबार)


  • 5.3K
    Shares

    आजको राशिफल : २०७८ कार्तिक १० गते (बुधबार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। 

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। 

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। 

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । 

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। 

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :कार्तिक १० २०७८ बुधवार - ०६:१६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij