२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने अडानमा न्यायाधीशहरू कायमै रहने भएका छन् ।
सामूहिकरूपमा प्रधानन्यायाधीश जबरासँग भेटेर मार्गप्रशस्त गर्न आग्रह गरेका १५ न्यायाधीशले त्यसपछि पुन: बैठक बसेर अडानमा कायमै रहने निष्कर्ष निकालेका हुन् ।
"न्यायालयको स्वतन्त्रतालाई जोगाउनका लागि त्यही (प्रधानन्यायाधीशको राजीनामा) नै बेस्ट उपाय हो । यसमा अन्यथा हुने कुरा छैन," बैठकमा सहभागी एक न्यायाधीशले भने । बैठकले भोलि बिहान साढे ११ बजे पुन: बस्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij