Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

म कसैको दबाबमा राजीनामा दिन्नँ भन्दै प्रधानन्यायाधीशले आज पनि तोके आफूबाहेकको पेसी, सुनुवाइ भने अनिश्चित

म कसैको दबाबमा राजीनामा दिन्नँ भन्दै प्रधानन्यायाधीशले आज पनि तोके आफूबाहेकको पेसी, सुनुवाइ भने अनिश्चित


  • 4.0K
    Shares

    म कसैको दबाबमा राजीनामा दिन्नँ भन्दै प्रधानन्यायाधीशले आज पनि तोके आफूबाहेकको पेसी, सुनुवाइ भने अनिश्चित
    images

    काठमाडौँ । नेपाल बार एएोसिएसन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राणाले राजीनामा दिएर मार्गशप्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक भइरहेका छन्।प्रधानन्यायाधीश रणाले भने, ‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो।’ 

    उनले कसैको ‘दबाब र प्रभावमा’ पद त्याग नगर्ने बताए। जबराले भने, ‘न्यायपालिकालाई लथालिंग पारेर म जान्नँ।’ उनले आफू विधि र प्रक्रियाबाट आएकाले विधि र प्रक्रियाबाट जान तयार रहेको बताए। 

    राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि आफूबाहेकको पेसी तोकेका छन् ।

    सरकार सञ्चालनमा ‘भाग’ खोजेकोलगायतका विषयबाट विवादमा तानिएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका लागि मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने इजलासमा पेसी तोकेका छैनन् ।

    असन्तुष्ट १४ जना न्यायाधीशसँग भेट गर्नुअघि उनले मुद्दा सुनुवाइका लागि पेसी तोके पनि सुनुवाइ भने अनिश्चित छ । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै आएका १४ जना न्यायाधीश अघोषित इजलास वहिष्कारको अभियानमा छन् ।

    प्रधानन्यायाधीशले आठ वटा इजलासमा गरी दुई सय १६ मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । सोमबार पनि प्रधानन्यायाधीश जबराले आफूबाहेकका न्यायाधीशका लागि पेसी तोकेका थिए । तर, सुनुवाइ हुन सकेको थिएन ।

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - ११:४६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij