२०८२ मंसिर ९ गते मंगलवार
‘फुटकोर्ट’ (पूर्ण बैठक) बहिष्कार गरेका सर्वोच्च अदालतका १४ न्यायाधीशले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेटेरै राजीनामा माग्ने भएका छन्।
वर्तमान गठबन्धन सरकारमा ‘भाग’ खोजेकोलगायत आरोप लागेका प्रधानन्यायाधीश जबरालाई उनीहरूले अहिले बिहान साढे ११ बजे भेट्ने भएका हुन्।
प्रधानन्यायाधीश जबरालाई भेटेर सहकर्मी न्यायाधीशहरूले उनलाई पद छाड्न दबाब दिनेछन्। सोमबार इजलास बहिष्कार गरेका न्यायाधीशहरूले यसलाई आज पनि जारी राख्ने सम्भावना छ।
एमालेको पालिका अधिवेशन १ बजे उद्घाटन
नेकपा एमालेले आज एकैसाथ ७ सय ५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दैछ। अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सबै पालिकाको अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन्।
अधिवेशनबाट ५६ हजारभन्दा बढी नयाँ नेतृत्व चुनिँदै छन्। अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र सदस्यसहित पालिका कमिटी निर्वाचित गर्नेछ। पालिका/इलाका मातहतका वडा/शाखा कमिटीका अध्यक्ष पालिका÷इलाका कमिटीका पदेन सदस्य हुनेछन्।
नयाँ विधानअनुसार गाउँपालिका र नगरपालिका कमिटीको अधिकतम सदस्य संख्या ७५ हुने व्यवस्था छ। यस्तै, अधिकतम सदस्य संख्या उपमहानगरपालिकामा ८५, महानगरपालिकामा १ सय १ र इलाकामा ५१ हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij