२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंकले बढेको छ।
अघिल्लो कारोबार दिन सोमबार ८७.६३ अंक बढेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा ६.६१ अंकले बढेर २६७८.८६ विन्दुमा पुगेको छ। उक्त सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत ०.९४ अंकले बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ३९ कम्पनीको ४३ लाख १ हजार ५४७ रूपैयाँ ९० पैसा बराबरको ७ हजार ५७१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij