२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । आइतबार साढे ८७ अंकले बढेको सेयर बजार परिसूचक नेप्सेमा आज सोमबार साढे ८७ अंकभन्दा माथिले वृद्धि भएको छ ।
आज बजार परिसूचक नेप्से ८७.६३ अंकले वृद्धि हुँदा २६७२.२५ अंकमा बन्द भएको छ । पछिल्लो दुई कारोबार दिनमा नै नेप्सेकमा ११५ अंकको बढोत्तरी भएको हो ।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । आइतबार ३ अर्ब पनि पुग्न नसकेको कारोबार रकम आज ४ अर्ब नाघेको छ । आज नेप्सेमा ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९६ हजारको कारोबार भएको छ ।
आज बजार परिसूचक सँगै सबै उपसूचकमा हरियाली छाएको छ । वित्त कम्पनी उपसूचकमा सर्वाधिक ७.८१ प्रतिशत र हाइड्रोपावर उपसूचक ७.५७ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ६.५ प्रतिशतले बढेको छ । यता, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि २.०७ प्रतिशतले वृद्धि भएको छ ।
आज नेप्सेमा कारोबार भएका मध्ये १८ कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै अन्य ६ कम्पनीको पनि करिब १० प्रतिशतले नै बढेर सर्किट मूल्यमा बन्द भएका छन् ।
बजारमा हरियाली छाउँदा पनि मेरो माइक्रोफाइनान्सको सेयर मूल्य भने ३.९७ प्रतिशत र युनिलिभरको सेयरमुसल्य २ प्रतिशतले गिरावट भएको छ ।
आज बजारमा कारोबार रकममा महालक्ष्मी विकास बैंकले लिड गरेको छ । बैंकको १६ करोडको सेयर किनबेच हुँदा अपी पावर र सिद्धार्थ बैैंकको १३/१३ करोडको कारोबार भएको छ ।
कुन कम्पनीको शेयरमुल्य कतिले बढ्यो ?




© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij