Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

हानका पूर्वअध्यक्ष गौतम दास श्रेष्ठको निधन

हानका पूर्वअध्यक्ष गौतम दास श्रेष्ठको निधन


  • 4.7K
    Shares

    हानका पूर्वअध्यक्ष गौतम दास श्रेष्ठको निधन
    images

    होटल संघका पूर्वअध्यक्ष गौतम दास श्रेष्ठको निधन भएको छ। दरबारमार्गमा शेर्पा होटल सुरु गरेका श्रेष्ठको ८३ वर्षको उमेरमा सोमबार निधन भएको हो। 

    होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले होटल क्षेत्रलमा ठूलो योगदान गरेका श्रेष्ठको निधन भएको पुष्टि गरेका छन्। ‘उहाँले शेर्पा होटल सञ्चालन गरेर होटल क्षेत्रमा नयाँ दिशा दिनुभएको थियो’, शाहले भने, ‘१९९३ मा हानको अध्यक्ष हुनुभयो। होटल क्षेत्रलाई व्यवसायिक रुपमा फस्टाएन उहाँको योगदान रहेको छ।’
     
    श्रेष्ठले चितवनमा नारायणी सफारी सञ्चालनमा ल्याएका छन्। हाल उनका छोराले उक्त होटल सञ्चालन गरिरहेको छन्। 
    ‘त्यो बेलाको परिस्थिति अनुसार होटलमा ठूलो योगदान गर्नु भएको छ,’ शाहले भने ‘उहाँकै प्रेरणा र उहाँसँग काम गरेका धेरै अहिले होटल व्यवसायी बनेका छन्।’

    श्रेष्ठ हानको छैठौं अध्यक्ष बनेका थिए। उनका दुई छोरा सञ्जीव र राजिव रहेका छन्। श्रेष्ठले नेपालमा होटलबाहेक मर्सिडिज बेन्जको गाडीको आधिकारिक विक्रेता समेत भएका थिए।

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १४:४५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij