Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

सर्वोच्चका १४ न्यायाधीशहरुको बैठक सकियो, भोलि प्रधान न्यायाधीशलाई भेटेर निकास खोज्ने

सर्वोच्चका १४ न्यायाधीशहरुको बैठक सकियो, भोलि प्रधान न्यायाधीशलाई भेटेर निकास खोज्ने


  • 3.1K
    Shares

    सर्वोच्चका १४ न्यायाधीशहरुको बैठक सकियो, भोलि प्रधान न्यायाधीशलाई भेटेर निकास खोज्ने
    images

    काठमाडौं । फुलकोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकिएको छ ।

    विहानदेखि इजलास बंक गरेर छलफलमा बसेका न्यायाधीशरुको बैठकले भोलि साढे ११ बजे प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सामुहिक रुपमा भेटेर आवश्यक परामर्श गर्ने निर्णय भएको एक न्यायाधीशले बताए ।

    सर्वोच्चका अधिकांश न्यायाधीशले अदालत विवादमा परेको भन्दै प्रधान न्यायाधीशले निकास दिनुपर्ने बताएका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीशहरुको गुटका बैठकले गर्दा सर्वसाधारणका मुद्दा प्रभावित भएका छन् । आज दशवटा इजलास तोकिएकामा कुनै पनि इजलसमा मुद्दामाथि सुनुवाई भएको छैन ।

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १४:१९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij