२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । कारोबार खुलेको पाँच मिनेटमा बेष्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४८५ दशमलव २० पुगेको छ ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद माग १ लाख ३३ हजार १४० कित्ता रहेको छ भने विक्री माग शून्य रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij