Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

यी क्षेत्रमा बर्षा र हिमपात हुने, यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह

यी क्षेत्रमा बर्षा र हिमपात हुने, यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह


  • 4.3K
    Shares

    यी क्षेत्रमा बर्षा र हिमपात हुने, यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका क्षेत्रहरुमा आंशिक बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित  हल्का  वर्षा भइरहेको मौसमविद्ले जनाएको छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    त्यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित  हल्का देखि मध्यम वर्षाको सम्भावना र उच्च  पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा  र यात्रा तथा धुमफिर गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - ११:०८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij