Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

अमेरिकाले दिएको एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

अमेरिकाले दिएको एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो


  • 4.5K
    Shares

    अमेरिकाले दिएको एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो
    images

    काठमाण्डौं । अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान कतार एयरलाइन्सको जहाजमार्फत फाइजरको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

    यो अमेरिकाको फाइजर र जर्मनीको बायोनटेक कम्पनीले संयुक्त रूपमा निर्माण गरेको एमआरएनए कोभिड–१९ खोप हो । फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सेन एन्ड जोन्सेन खोप प्रयोग भइसकेको छ ।

    अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले जानकारी दिए । उनले तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु गरिने बताए । यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - ११:०७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij