Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्यु


  • 3.4K
    Shares

    पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्यु
    images

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ६२५ नमुना परीक्षणमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ५५७ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ३ हजार १ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेको छ ।

    त्यसैगरी आज निको भएका ८७७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८७ हजार ५०७ रहेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ ।

    मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ करोड ५२ लाख ११ हजार १६१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या ८६ लाख ६ हजार ९८८ रहेको छ भने दुवै मात्रा खोप लगाउनेको संख्या ६६ लाख ४ हजार १७३ पुगेको छ । नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, जापानीज ऐष्ट्राजेनेका र स्वीडिस ऐस्ट्राजेनिका नामक खोप लगाइएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - १७:१०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij