२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ। प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी दिएको छ।
आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो । सत्तारूढ एमाले र विपक्षी दल नेपाली कांग्रेस दुबैले आजको बैठक स्थगित गर्न निवेदन दिएका थिए।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij