Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

दुर्गा प्रसाईं औपचारिक रुपमा एमालेमा प्रवेश

दुर्गा प्रसाईं औपचारिक रुपमा एमालेमा प्रवेश


  • 6.8K
    Shares

    दुर्गा प्रसाईं औपचारिक रुपमा एमालेमा प्रवेश
    images

    काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज विर्तामोडमा आयोजित कार्यक्रमबाट नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा दुर्गा प्रसाईं पार्टी प्रवेश गरेका हुन् ।

    एमाले पार्टीको विधान महाधिवेशनमा सक्रिय रुपमा देखिएका दुर्गा प्रसाईं आज भने औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेका नेता आजबाट बनेका छन् व्यवसायी प्रसाईं ।

    आज विर्तामोडमा आयोजित कार्यक्रमको संयोजन समेत गरेका दुर्गा प्रसाईंसंगै थप १५०० जति माओवादी केन्द्रका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । आफूसंग नजिक रहेका माओवादी केन्द्रमा लागेका नेताहरुलाई समेत दुर्गा प्रसाईंले एमाले प्रवेश गराएर पुष्पकमल दाहाल "प्रचण्ड" लाई ठूलो झट्का दिएका छन् ।

    दुर्गा प्रसाईंले एमाले प्रवेश गर्नुको उद्देश्य पार्टीका अध्यक्ष केपी शर्मा ओली र वहाँको देश निर्माण गर्ने लक्ष्य रहेको बताएका छन् । कार्यक्रममा बोल्दै प्रसाईंले भने, "मैले माओवादी केन्द्रलाई वर्षौं काँधमा बोकेर हिंडे तर प्रचण्डले बाटो बिराएपछि मैले देश निर्माण गर्ने पार्टी भनेको एमाले नै हो भनेर यो पार्टी प्रवेश गरेको हुँ । मैले एक दिन मै यो निर्णय भने गरेको होईन । अध्यक्ष ओलीसंग सयौं चोटी भेटेको छु वहाँको योजना सुनेको छु र कार्यशैली देखेको छु । म प्रभावित भएर एमाले प्रवेश गरेको हुँ ।"

     

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - १६:२९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij