२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनविरुद्ध देशभर आन्दोलन गरिरहेको छ । यसैक्रममा आइतबार जसपाले काठमाडौँमा जुलुस प्रदर्शन गरेको छ ।
जसपाले काठमाडौँको शान्तीबाटिकाबाट शुरु भएको र्याली पुतलीसडकहुदै भृकुटीमण्डप भएर शान्तिबाटिका पुगेर कोण सभामा परिणत हुदैछ ।
र्यालीमा जसपा नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायतको सहभागिता रहेको छ ।
संसद विघटनविरुद्ध आन्दोलनमा रहेको जसपाले शुक्रबार देशका सबै जिल्लामा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो ।
जसपाले शनिबार सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकालेको थियो भने आज काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij