Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

प्रचण्डलाई लाग्यो ठुलो झट्का, झापामा हजारौं नेता कार्यकर्ता एमाले प्रवेश

प्रचण्डलाई लाग्यो ठुलो झट्का, झापामा हजारौं नेता कार्यकर्ता एमाले प्रवेश


  • 5.3K
    Shares

    प्रचण्डलाई लाग्यो ठुलो झट्का, झापामा हजारौं नेता कार्यकर्ता एमाले प्रवेश
    images

    काठमाडौं । नेकपा एमाले पार्टीले झापाको विर्तामोडमा आयोजित कार्यक्रममा आज तीन हजार बढी नेता कार्यकर्ताहरु एमाले पार्टीमा प्रवेश गरेका छन् । 

    एमालेका अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थिती रहेको कार्यक्रम मार्फत हजारौं सहभागीहरु एमाले पार्टी प्रवेश गरेका हुन् । नेकपा एमालेका नेता तथा सांसद सुवास चन्द्र नेम्वांग र लेखराज भट्टको हातबाट टिका लाएर एमाले पार्टीमा प्रवेश गरेका हुन् ।

    आज एमाले पार्टी प्रवेश गर्ने मध्य १५०० जति नेकपा माओवादी केन्द्रका नेता र कार्यकर्ताहरु थिए । पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई आफ्नो स्वार्थ अनुरुप चलाएको भन्दै हजारौं नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् । 

    पार्टी प्रवेश गर्दै गरेका एक कार्यकर्ताले भने ,"म माओवादी केन्द्रमा कार्यकर्ता भएर वर्षौं हिंडे तर काम भन्दा बढि प्रचण्डले गरेको कामको बचाउ गर्दै हिड्नु पर्यो । प्रचण्डबाट देश विकासको आश नरहेकोले अबको आश भनेको केपी शर्मा ओली नै रहेको त्यसैले हामी आफ्नो खुशीले एमाले पार्टीमा प्रवेश गरेका हौँ ।"

    केपी शर्मा ओली आज झापा पुगेका हुन् । ३ दिनको बसाईमा झापा पुगेका केपी शर्मा ओलीले आज आफ्नो बुवालाई भेटेर आशिर्वाद समेत लिएका छन् । केपी ओलीले उक्त कार्यक्रममा सम्बोधन समेत गर्ने भएका छन् ।

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - १६:२४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij