Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट


  • 4.0K
    Shares

    दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से २७.५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन् । आज २ अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।    

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

    नेप्सेका अनुसार आज मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइसीएफसी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।         

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - १५:५७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij