२०८२ भाद्र २ गते सोमवार
प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक)ले मासिक तलब १५ हजार रूपैयाँ पाएका छन् । संघीय सरकारले निर्धारण गरेको ८ हजार रूपैयाँमा स्थानीय सरकारले बाँकी रकम थप गरी १५ हजार रूपैयाँ पुर्याएको हो ।
कालिकोटको रास्कोट नगरपालिकाले इसीडी शिक्षकलाई १६००० मासिक तलब दिएको छ । ओखलढुंगाको मोलुङ गाउँ पालिकाले १५००० हजार दिएको छ भने अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पनि शिक्षकलाई तलब दिएको छ ।
त्यसैगरी झापाको बुद्धशान्तिले गाउँपालिकाले पनि इसीडी शिक्षकलाई १५ हजार तलब दिएको छ । नुवाकोटको ककनी गाउँपालिका, तनहुँको भानु नगरपालिका र मोरङको रंगेली नगरपालिकाले पनि मासिक रूपमा १५ हजार तलब दिएका छन् ।कतिपय पालिकाले शिक्षकलाई तलब दिएका छैनन् भने कतिपयले १२ हजार रूपैयाँ दिएका छन् ।
भोजपुरको आमचोक गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई ८ हजार मात्रै तलब दिएको छ ।
संघीय सरकारले निर्धारण गरेको ८ हजार रुपैयाँ मात्रै पालिकाले दिएको हो । मासिकरूपमा न्युनतम १५ हजार पुर्याउनु पर्ने माग गर्दै पालिकाभित्रका शिक्षक र कर्मचारी आन्दोलित भएका छन् ।
पालिकाले भने उनीहरूको माग बेवास्ता गरेको छ । आर्थिकरूपमा पालिका कमजोर भएकाले तलब बढाउन नसकिएको पालिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij