Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्चमा

प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्चमा


  • 4.4K
    Shares

    प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्चमा
    images

    काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बीच भेट भएको छ ।

    प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्च अदालतमा पुगेको छ । प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल शुरु भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई बताए ।

    शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो । सो प्रतिवद्धता खोज्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्यायाधीशसँग छलफल शुरु गरेको छ ।

    बार कार्यसमितिको बैठकले गोलाप्रथाबाट पेश तोक्ने प्रतिबद्धता नआए प्रधान न्यायाधीशलाई विश्वास गर्न नसकिने निर्णय गरेको थियो । 

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - ११:५३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij