Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

पूर्व न्यायाधीश फोरमले किन माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा ? (विज्ञप्तिसहित)

पूर्व न्यायाधीश फोरमले किन माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा ? (विज्ञप्तिसहित)


  • 4.9K
    Shares

    पूर्व न्यायाधीश फोरमले किन माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा ? (विज्ञप्तिसहित)
    images

    काठमाडौं । पूर्व न्यायाधीश फोरमले नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । विज्ञप्ति जारी गर्दै फोरम नेपालले प्रधानन्यायाधीश राणाको कार्यशैली, व्यवहार र आचरणमाथि गम्भीर प्रश्न उठाउँदै राणालाई मार्ग प्रशस्त गर्न भनेको छ ।

    पूर्व प्रधानन्यायाधीश फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।’

    सरकारसँग भागबण्डा खोज्नु, सर्वोच्चमा तोकिने पेसी सूची निर्धारणमा गर्दा व्यापक मनोमानी हुनु, गुनासोको सुनुवाइ नहुनु लगायतमा प्रश्न उठाउँदै फोरमले प्रधानन्यायाधीश राणाप्रति प्रश्न उठाएको छ । ‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुनसक्दछ । र, यो वाञ्छनीय र अनिवार्य पनि देखिएको छ’, १५ बुँदामा जारी विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्ति:

    1.jpg 

    2.jpg

    3.jpg

    4.jpg

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - १५:५७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij