Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

बाढीले कार्यालय नै बगाएपछि.....

बाढीले कार्यालय नै बगाएपछि.....


  • 4.2K
    Shares

    बाढीले कार्यालय नै बगाएपछि.....
    images

    बाजुरा । लगातारको वर्षाका कारण आएको बाढीले बाजुराको जगन्नाथ गाउँपालिकाको कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । लगातारको बेमौसमी वर्षासँगै आएको जुड्डीखोलामा आएको बाढीले गाउँपालिकाको कार्यालयका संरचना बगाएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले जानकारी दिए ।

    बाढीले कार्यालय नै बगाएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह ठप्प भएको छ । ‘गाउँपालिकाको कार्यालय बाढीले बगाएको छ, सामानहरु पनि बगायो,’ अध्यक्ष शाहीले भने, ‘गाउँपालिकाबाट प्रवाह हुने सेवा सुचारु हुन सकेको छैन ।’

    उनले केही समय अगाडि पहिरोका कारण थुनिएको कर्णालीले कटान गरेको क्षेत्र अहिलेको वर्षाले वगाएको बताए ।

    बाढीले गाउँपालिका कार्यालय भवनका १४ कोठा, कर्मचारी आवासका १४ कोठा, प्रहरी चौकीका सात कोठामा क्षति पुर्‍याएको अध्यक्ष शाहीले जानकारी दिए । यस्तै गाउँपालिकाले तयार गरेको पाँच बेडको अस्थायी कोरोना अस्पताल र गाउँपालिकाको सभा हल पनि बाढीले बगाएको छ 

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - १५:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij