Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

प्रहरीको राशन भत्ता बढाउने सरकारको तयारी, कहाँ कति प्रतिशतले वृद्धि हुने ?

प्रहरीको राशन भत्ता बढाउने सरकारको तयारी, कहाँ कति प्रतिशतले वृद्धि हुने ?


  • 6.0K
    Shares

    प्रहरीको राशन भत्ता बढाउने सरकारको तयारी, कहाँ  कति प्रतिशतले वृद्धि हुने  ?
    images

    सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता १५ प्रतिशतका दरले वृद्धि गर्ने भएको छ । चालू आर्थिक वर्षको बजेटले गरेको व्यवस्था अनुसार आगामी मन्त्रिपरिषद बैठकले रासनभत्ता बढाउन लागेको हो । 

    आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा १५ प्रतिशत रासनभत्ता वृद्धि गर्ने व्यवस्था गरिएको थियो । बजेटमा व्यवस्था गरिएअनुसार रासनभत्ता बृद्धिका लागि गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाणले फाईल स्वीकृत गरिसकेका छन् । उक्त फाईल आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्न  हुने छ । 

    मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन १ गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउने छन् । सरकारले जिल्लाको दररेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम निर्धारण गर्दै आएको छ ।

    नेपाल प्रहरीको सङ्ख्या ७३ हजार छ भने सशस्त्र प्रहरीको सङ्ख्या करिब ३५ हजार रहेको छ । एउटा सिपाहीले कम्तीमा चार हजार रूपियाँदेखि बढीमा १२ हजार रुपियाँसम्म रासन भत्ता पाउँदै आएका छन । अब १५ प्रतिशत थप हुनेछ ।

    काठमाडौँमा कम्तीमा चार हजार रासन भत्ता छ भने दुर्गम तथा हिमाली जिल्लाहरूमा बढीमा १५ हजार रुपियाँसम्म रासन भत्ता दिइन्छ ।

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - १२:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij