Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

आज कहाँ-कहाँ पर्दैछ पानी ? यस्तो छ मौसम पूर्वानुमान

आज कहाँ-कहाँ पर्दैछ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • 5.7K
    Shares

    आज कहाँ-कहाँ पर्दैछ पानी ? यस्तो छ मौसम पूर्वानुमान
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    बुलेटिनअनुसार आज दिउँसो मौसम प्रदेश न १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

    यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

    बाँकी प्रदेशका पनि एक दुई ठाउँमा आज राति मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बिहानी बुलेटिनमा उल्लेख छ। खासै वर्षाको सम्भावना नरहे पनि महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

    जसमा भनिएको छ : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - ११:४१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij