२०८२ माघ ७ गते बुधवार
कुमारी बैंक लिमिटेडले काठमाडौँको सिफलमा नयाँ शाखा संचालनमा ल्याएकोे छ ।
बागमती प्रदेशको काठमाडौ महानगरपालिका वडा नं. ८, स्थित सिफल शाखा समेत गरी बागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखाहरु पुगेको छ।
नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधा, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
विगत २० वर्ष देखी आफ्ना देशव्यापी १९६ शाखा संजाल, १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिंग इकाईहरु मार्फत अत्याधुनिक बैंकिंग सेवादिंदै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij