२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोभिड संक्रमित थपिएका छन् । आठ हजार ५४९ वटा नमुनाको परीक्षण गर्दा ५४५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ ।
त्यस्तै आज ७५२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौंमा १४७, भक्तपुरमा १६ र ललितपुरमा ५१ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजर ४८५ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij