Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ट्रकले ठक्कर दिदाँ दुई पैदलयात्रीको मृत्यु

ट्रकले ठक्कर दिदाँ दुई पैदलयात्रीको मृत्यु


  • 8.1K
    Shares

    ट्रकले  ठक्कर दिदाँ दुई पैदलयात्रीको मृत्यु

    गुल्मीको रेसुङगा नगरपालिका-१३ मा ट्रक दुर्घटना भएको छ । गुल्मीको मसिनो खोलामा गएराति ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु भएको हो । 

    बुटवलबाट तम्घासतर्फ जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले सोही ठाउँका २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेललाई गएराति साढे २ बजे ठक्कर दिएको थियो । 

    उक्त दुर्घटनामा दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - १२:४४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij