Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

आज एमाले स्थायी कमिटी बैठक, यी हुन् मुख्य पाँच एजेण्डा

आज एमाले स्थायी कमिटी बैठक, यी हुन् मुख्य पाँच एजेण्डा


  • 4.3K
    Shares

    आज एमाले स्थायी कमिटी बैठक, यी हुन् मुख्य पाँच एजेण्डा
    images

    काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा ‘एमाले’को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ ।

    एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ । १० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय महाधिवेशन तय भइसकेको छ । जसअनुसार ६ कार्तिकमा वडा र ९ कातिमा पालिका अधिवेशन हुँदैछ ।

    आजको बैठक यही विषयमा केन्द्रित रहने नेताहरूले जानकारी दिएका छन् । राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेशलाई बैठकको एजेण्डा बनाइएको छ । विधान महाधिवेशनको समीक्षा गरिनेछ । एमालेको प्रथम विधान महाधिवशेन १५-१७ असोजमा भएको थियो ।

    यसैगरी, असोज अन्तिम सातादेखिको अविरल वर्षापछिको बाढीपहिरोले ९२ जनाको ज्यान गएको छ भने धानबाली नष्ट भएको छ । यो विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ ।

     

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १२:१४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij