२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौँ । प्रधामन्त्री शेरबहादुर देउवाले अबिरल बर्षाका कारण भएको क्षतिको अध्ययन गरेर थप राहतको व्यवस्था गरिने बताउनु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा भएको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जाने क्रममा सुर्खेत बिमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले बाढी पहिरोले नेपालमा अपुरणीय क्षति गरेको पनि बताउनुभयो ।
\उहाँले सरकारले राहतको व्यवस्था गर्ने प्रतिवद्धता जनाउंदै स्थलगत रुपमा अध्ययन गरेर थप राहतको व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बाढी पहिरोले ठूलो जनधनको क्षति गरेको छ । नेपालका लागि यो अपुरणीय क्षति हो । प्रभावित क्षेत्रको निरीक्षण गर्न जाँदै छु । सरकारले अध्ययन गरेर थप राहतको व्यवस्था गर्छ ।’
प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका असरका बारेमा अन्तर्राष्ट्रिय जगतमा कुरा राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जलबायु परिवर्तनले नेपाललाई पनि ठूलो असर गरेको छ । यसको विषयमा पनि नेपालले अन्तर्राष्ट्रिय जगतमा कुरा राख्छु ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij