Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

थप तीन मन्त्रीले दिए राजीनामा

थप तीन मन्त्रीले दिए राजीनामा


  • 8.2K
    Shares

    थप तीन मन्त्रीले दिए राजीनामा

    केन्द्रमा ७ जना मन्त्रीले राजीनामा बुझाएको हप्ता दिन नबित्दै प्रधानमन्त्री केपी ओलीको क्षेत्र १ नम्बर प्रदेशका तीनजना मन्त्रीले आज बिहान पदत्याग गरेका छन् ।

    सामाजिक विकास मन्त्री जीवन घिमिरे,सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले दिएको राजीनामामा वर्तमान राष्ट्रिय राजनीतिक घटनाक्रमका कारण प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको भनिएको छ ।

    यसअघि हिजो मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदबाट हटाएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा असंवैधानिक तवर र गलत नियतले विघटन गरेको बिरुद्धमा लागेको र मुख्यमन्त्रीबिरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको आरोपमा आङ्बोलाई हटाइएको थियो ।

     

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - १२:४२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij