२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाने भएका छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकारको बुधवार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आफू प्रभावित क्षेत्रको अवलोकनमा जाने बताएका हुन्।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रधानमन्त्री प्रभावित क्षेत्रको अवलोकनमा जानेबारे जानकारी गराएको बताएका हुन्।
सम्भवतः प्रधानमन्त्री देउवा बिहीबार सुदूरपश्चिम प्रदेश जाने छन्। समय भने तय भइसकेको छैन। देउवाले अहिले जारी मन्त्रीपरिषद् बैठकबाट प्रभावित परिवारका लागि राहतको प्याकेज घोषणा गरेर त्यसतर्फ जाने सोच बनाएका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij