Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

सरकारद्वारा बाढीपीडितलाई राहतको घोषणा : घर बनाउन ५ लाखसम्म रकम दिने मन्त्रिपरिषद्को निर्णय

सरकारद्वारा बाढीपीडितलाई राहतको घोषणा : घर बनाउन ५ लाखसम्म रकम दिने मन्त्रिपरिषद्को निर्णय


  • 3.4K
    Shares

    सरकारद्वारा बाढीपीडितलाई राहतको घोषणा : घर बनाउन ५ लाखसम्म रकम दिने मन्त्रिपरिषद्को निर्णय
    images

    काठमाडौं । सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । 

    बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, पीडितलाई राहत र उद्धारलाई प्रभावकारी बनाउने तथा घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । 

    मृतक एकजना भए दुई लाख, एकैघरबाट २ जना भए तीन लाख र चार जना भए चार लाख रूपैयाँ दिने निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

    यस्तै घर निर्माणका लागि ५ लाख रूपैयाँसम्म आर्थिक सहयोग गर्न सकिने निर्णय पनि भएको मन्त्री श्रेष्ठले बताए । 

     

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १६:३५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij