२०८२ मंसिर १० गते बुधवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कुहिएको आलुको संज्ञा दिएका छन् । अनि उनले अब नेकपा एमालेमा माधवकुमार नेपाललाई कुनै इन्ट्री नभएको पनि बताएका छन् ।
बागमती प्रदेशको महाधिवेशन आयोजक कमिटीको प्रथम भेलामा सम्बोधन गर्दै ओलीले विश्वको राजनीतिको इतिहासमा माधवकुमार नेपालले लज्जित र निर्लज्ज काम गरेको बताएका छन् ।
उनले यसअघि वामदेव गौतमले पार्टी बनाउनु र अहिले नेपालले पार्टी बनाउनु फरक भएको भन्दै अब माधवकुमार नेपाललाई एमालेमा कुनै इन्ट्री नभएको पनि बताएका छन् ।
उनले अब पार्टी एक भएकाले यसअघिको १० बुँदेको कुनै औचित्य पनि नभएको बताएका छन् ।
उनले माधवकुमार नेपालको पार्टीमा गएका अरु सबैलाई एमालेमा स्थान दिने भए पनि अब माधवकुमार नेपाललाई कुनै इन्ट्री नभएको बताएका छन् । उनले अबको चुनावमा नेपालको कुनै अस्तित्व नहुने पनि बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij