२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा क्षेत्रीय भेला गरिरहेको छ ।
१४ गते देशव्यापी प्रदर्शनको कार्यक्रम रहेकाले जिल्ला भेला छिटै गरिएको केन्द्रीय सदस्य तथा जिल्ला सचिव हिमाल शर्माले जानकारी दिए ।
उनका अनुसार आज ७ नम्बर क्षेत्रको भेला बालाजुमा भइरहेको छ। त्यस्तै ४ नम्बर क्षेत्रको गौशालामा, ३ नम्बरको जोरपाटीमा, २ नम्बर क्षेत्रको साँखुमा, छ र क्षेत्र नम्बर, ८, १० भेला पनि आज हुँदै छ । ५ र ९ नम्बर क्षेत्रको भेला भने हिजै सम्पन्न भइसकेको शर्माले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij