Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग प्रचण्डको माग

पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग प्रचण्डको माग


  • 5.5K
    Shares

    पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग प्रचण्डको माग
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविरल वर्षाका कारण बढि मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत तथा क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् । आज एक विज्ञप्ती निकाल्दै अध्यक्ष दाहालले यस्तो माग गरेका हुन् ।

    उनले बाढीपहिरोमा फसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग विशेष अनुरोध गरेका छन् ।

    दाहालले उक्त विपद्मा ज्यान गुमाएकाहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

    त्यस्तै, बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा आग्रहसमेत गरेका छन् ।

    chariman-prachanda.jpg

     

     

     

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १३:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij