Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, बाढी र पहिरोले पुर्याएको क्षतिबारे छलफल हुने

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, बाढी र पहिरोले पुर्याएको क्षतिबारे छलफल हुने


  • 4.4K
    Shares

    प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक,  बाढी र पहिरोले पुर्याएको क्षतिबारे छलफल हुने
    images

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । लगातारको वर्षापछि आएको बाढी र पहिरोले पुर्याएको क्षतिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

    देउवाको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ । अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।

    गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

     

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १२:४४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij