Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

एमालेले चियापान नगर्ने

एमालेले चियापान नगर्ने


  • 3.3K
    Shares

    एमालेले चियापान नगर्ने
    images

    काठमाडौं । नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ ।

    कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए । 

    एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो ।

    गतवर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने निर्णय गरिसकेको छ । 
     

    प्रकाशित मिति :कार्तिक २ २०७८ मंगलवार - १८:५१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij