Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

तीन मन्त्रीको पद दुई साता पछि स्वतः खारेज हुने, उनीहरुको ठाउँमा को–को बन्दैछन् मन्त्री ?

तीन मन्त्रीको पद दुई साता पछि स्वतः खारेज हुने, उनीहरुको ठाउँमा को–को बन्दैछन् मन्त्री ?


  • 4.8K
    Shares

    तीन मन्त्रीको पद दुई साता पछि स्वतः खारेज हुने, उनीहरुको ठाउँमा को–को बन्दैछन् मन्त्री ?
    images

    काठमाडौ । तीन जना मन्त्रीको मन्त्री जाने भएको छ । कर्णाली प्रदेशका तीन जना मन्त्रीहरुको पद चट हुने भएको हो । पार्टी ह्वीप उल्लंघन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई विश्वासको मत दिए वापत मन्त्री बनाइएका तत्कालीन एमाले (हाल समाजवादी)का तीन नेताको पद दुई साता पछि स्वतः खारेज हुने भएको हो । उहाँहरुको बहिर्गमनसँगै कर्णालीमा पाँच नयाँ मन्त्री थपिने श्रोतको दावी छ ।

    कर्णाली प्रदेशमा एमालेको एकल बहुमत रहेको समयमा सो पार्टीका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकारलाई जोगाइदिएका थिए ।

    उहाँहरुमध्ये बुढालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री, शाहीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र थापालाई भौतिक मन्त्री बनाइएको थियो । पार्टीले कारवाही गरेपछि स्वतन्त्र हैसियतमा मन्त्री बनाइएका उहाँहरुको पदवधि आगामी कात्तिक १५ गते सकिँदै छ । गैर सांसद व्यक्ति ६ महिनाभन्दा बढी सरकारमा बस्न मिल्दैन ।

    संवैधानिक व्यवस्थाअनुसार संंसद सदस्य नरहेका व्यक्ति ६ महिनासम्म मात्रै मन्त्री बन्न पाउँछन् । तीनै जनालाई मुख्यमन्त्री शाहीले पहिलोपटक सांसद हैसियतमा वैशाख ४ गते मन्त्री नियुक्त गर्नुभएको थियो ।

    तर पार्टीको कारवाहीबाट सांसद पद गुमेपछि वैशाख १५ गते फेरि स्वतन्त्र हैसियतमा मन्त्री बनाइयो । यस विषयमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पनि एमालेको कारवाही सदर गर्दै फैसला गरेको थियो ।

    हाल एकीकृत समाजवादीमा लागे पनि उहाँहरु सो पार्टीको सांसदको हैसियतमा हुनुहुन्न । तीनै जनाले मन्त्री गुमाउने भएपछि अब नयाँ मन्त्रीको चर्चा सुरु भएको छ ।

    सत्ता साझेदार नेपाली कांग्रेसले जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै आए पनि मुख्यमन्त्री शाही भने सत्ता हस्तान्तरणको मुडमा हुनुहुन्न । माओवादी र कांग्रेसको आलोपालो सहमति भत्किएपछि त्यहाँको सरकार भत्किने निश्चित छ । कर्णालीमा स्पष्ट अल्पमतमा रहेको भए पनि विश्वासको मत पाउन सफल मुख्यमन्त्री शाहीले सत्ता नछोड्ने उहाँनिकट स्रोतको दावी छ ।

    मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीकै निरन्तरता हुने अवस्था देखिएपछि कर्णालीमा कम्तीमा पाँच मन्त्री थपिने भएका छन् । नेकपा समाजवादीमा लागेका सांसदहरु पदम रोकाय, चन्द्रबहादुर शाही मन्त्री पदका प्रमुख दावेदार देखिनुभएको छ । सामाजिक विकास समितिका अध्यक्ष देवी ओली मन्त्री बन्ने सम्भावना छ ।

    कांग्रेसबाट हाल मन्त्री रहेका दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर बुढाक्षेत्रीमध्ये सामाजिक विकास मन्त्री बुढाक्षेत्रीको स्थानमा हिमबहादुर शाहीलाई ल्याउने गरी तयारी भइरहेको छ ।

    यसअघि नै मन्त्रीको रुपमा निर्णय भइसकेका माओवादीका सांसद विन्दमान विष्ट भौतिक पूर्वाधार मन्त्री बन्नुहुनेछ भने रातो कामीको मन्त्री बन्ने सम्भावना बढी रहेको मुख्यमन्त्री स्रोत बताउँछ ।

    ‘आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माको निरन्तरता हुने देखिएको छ भने विन्दमान विष्ट मन्त्री बन्ने पक्का भएको छ,’ स्रोत भन्छ, ‘तिहारपछि मात्रै मन्त्रीपरिषद विस्तार हुन सक्छ ।’

    प्रकाशित मिति :कार्तिक २ २०७८ मंगलवार - १७:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij