२०८२ मंसिर १० गते बुधवार
काठमाडौं । कात्तिक ९ गतेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक दुई दिन सारिएको छ। नेकपा एमालेको आग्रहमा सभामुख अग्नी सापकोटाले बैठक सारेका हुन्। प्रतिनिधि सभाको बैठक ९ गते १ बजेका लागि डाकिएको थियो।
संसद सचिवालयले सूचनामार्फत् उक्त बैठक ११ गते २ बजेका लागि सारिएको जानकारी दिएको हो। कात्तिक ९ गते एमालेले देशभरका ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ। त्यसअघि कात्तिक ६ गते एमालेको देशभरका वडाहरुमा अधिवेशन हुँदैछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij