२०८२ मंसिर १० गते बुधवार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
वैद्यलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । एक्कासी दम बढेर छातिमा पीडा भएपछि अस्पताल ल्याइएको नर्भिक अस्पतालले बताएको छ ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार दम बढेर उनलाई गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ । अस्पताल ल्याएलगत्तै उनको छातिको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दाग समेत देखिएको बताइएको छ ।
नेता वैद्य लामो समयदेखि दमबाट पीडित छन् । आइतबार बिहान उनमा देखिएको समस्या धेरै गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छन् ।
कम्युनिष्ट राजनीतिमा लामो समय बिताएका र माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पनि गुरु भनिने वैद्यले पछिल्लो समय नेपालमा राजासहितको लोकतन्त्रका लागि वकालत गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij