Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

कोरोना अपडेट: थपिए ३९१ कोरोना संक्रमित, ६८० कोरोनामुक्त, ६ जनाको मृत्यु

कोरोना अपडेट: थपिए ३९१ कोरोना संक्रमित, ६८० कोरोनामुक्त, ६ जनाको मृत्यु


  • 4.8K
    Shares

    कोरोना अपडेट: थपिए ३९१ कोरोना संक्रमित, ६८० कोरोनामुक्त, ६ जनाको मृत्यु
    images

    काठमाडौं । नेपालमा आइतबार थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ जना र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ३९९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै ६८० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८१ हजार ४ सय ५६ संक्रमित निको भएका छन् । हाल १२ हजार २ सय ९७ सक्रिय संक्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

     

    प्रकाशित मिति :आश्विन ३१ २०७८ आइतवार - १६:४८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij