Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


  • 6.8K
    Shares

    मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भएको छ ।

    आइतबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका संसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

    अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान आर्थिक मामिला मन्त्री अर्थमन्त्री इन्द्र आङ्बो छन् भने समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् ।

    अविश्वासको प्रस्तावमा ३७ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावमा भीम आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ ।

    आजै तीन मन्त्रीले राजिनामा दिएका थिए । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।

    आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । 

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - ११:११:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij