२०८२ मंसिर १० गते बुधवार
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका कुइकामा गएराती बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा, १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् ।जन्ती गएर फर्किएको जिप विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ । कच्ची सडकमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर जीप करिब दुई सय मिटर तल खसेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij