Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


  • 7.2K
    Shares

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । चालू अधिवेशन सुरु भएदेखिका सबै बैठकमा एमालेले अवरोध गर्दै आएको छ । जसकारण अहिलेसम्म संसद् राम्ररी सञ्चालन हुन सकेको छैन । एमालेले आजको बैठक पनि अवरोध गर्ने जनाएको छ ।

    पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै संसदमा विरोध जनाउँदै आएको छ ।

    प्रकाशित मिति :आश्विन २५ २०७८ सोमवार - १२:४२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij