Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

गण्डकीका सांसद दोबाटे विश्वकर्मा मन्त्री बन्दै, आजै शपथ

गण्डकीका सांसद दोबाटे विश्वकर्मा मन्त्री बन्दै, आजै शपथ


  • 4.3K
    Shares

    गण्डकीका सांसद दोबाटे विश्वकर्मा मन्त्री बन्दै, आजै  शपथ
    images

    पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्रीको संख्या थपिने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांसद दोबाटे विश्वकर्मालाई मन्त्री बनाउन लागेको बताइएको छ । दोवाटे तनहुँका हुन् ।

    डोबाटेले पाउने मन्त्रालय भने निर्क्यौल भइसकेको छैन । उनलाई आजै सोमबार साँझ ५ बजे विना विभागीय मन्त्रीको हैसियतमा शपथ गराउने र पछि जिम्मेवारी तोकिने बताइन्छ ।

    प्रदेशमा मन्त्रीपरिषद विस्तारकाक्रममा दोबाटेको नाम पनि मन्त्री बन्नेको लिस्टमा भए पनि अन्तिम समयमा काटिएको थियो । त्यसपछि सरकारको चर्को आलोचना भएको थियो ।

    मुख्यमन्त्री पोखरेलले डोबाटेलाई फकाउन समितिको जिम्मा दिन तयार भएका थिए तर डोबाटेले त्यसलाई अस्वीकार गरेका थिए । 

    ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् । कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा छ । संविधान अनुसार गण्डकीमा १२ जना भन्दा बढी मन्त्री बनाउन मिल्दैन । 

    श्रोतका अनुसार आइतबार पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यमन्त्री पोखरेललाई सके मन्त्री परिवर्तन गर्न र नसके मन्त्रीको संख्या थप गरेर भए पनि दोवाटेलाई मन्त्री बनाउन सुझाव दिएका थिए ।

    प्रकाशित मिति :आश्विन २५ २०७८ सोमवार - ११:२६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij