Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

यात्रुसँग अनधिकृत रूपमा भाडा उठाउने ७ जना पक्राउ

यात्रुसँग अनधिकृत रूपमा भाडा उठाउने ७ जना पक्राउ


  • 3.8K
    Shares

    यात्रुसँग अनधिकृत रूपमा भाडा उठाउने ७ जना पक्राउ
    images

    काठमाडौं । चाडपर्व मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

    चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको पाइएपछि ७ जनालाई सोमबार बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    परिचय पत्र नभएका उनीहरुले आफूलाई टिकट काउन्टरको कर्मचारी हुँ भन्दै अनाधिकृत रूपमा भाडा उठाइ रहेको अवस्थामा नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

    भट्टराईका अनुसार कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु  क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन् ।

    नियन्त्रणमा लिइएका सातै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २५ २०७८ सोमवार - ११:२४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij