Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

लहानमा लागूऔषधसहित तीन युवक पक्राउ

लहानमा लागूऔषधसहित तीन युवक पक्राउ


  • 3.4K
    Shares

    लहानमा लागूऔषधसहित तीन युवक पक्राउ
    images

    प्रतिबन्धित लागूऔषधसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आइबार (आज) सिरहा नगरपालिका–१५ बुधौरास्थित दशगजाबाट लागूऔषधसहित सिरहा नगरपालिका–२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका–९ का १९ वर्षीय निकित कुमारलाई पक्राउ गरेको हो।

    बिआर३२एजी ५५११ नंको मोटरसाइकलमा सवार तीनै जनालाई जाँच गर्दा नाइट्रोभेट नामक लेखिएको १० पत्ता (३०० ट्याबलेट) लागूऔषध बरामद भएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - १६:५४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij