Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

निर्णय आत्मघाती भन्दै लेखेका प्रभु शाहलाई पनि मन्त्री पदको चिट्टा

निर्णय आत्मघाती भन्दै लेखेका प्रभु शाहलाई पनि मन्त्री पदको चिट्टा


  • 7.8K
    Shares

    निर्णय आत्मघाती भन्दै लेखेका प्रभु शाहलाई पनि मन्त्री पदको चिट्टा
    images

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आठ जना नयाँ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्। उनले वहालवाला मन्त्रालयमा पनि ब्यापक हेरफेर गरे । शुक्रवार थपिएका केही मन्त्री यस्ता छन् जसको चर्चा थिएन ।

    अझ अचम्म त ओलीको कदमकै विरोध गर्ने नै मन्त्री बन्न गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसंगै सामाजिक सञ्जाल फेसवुकमा यो निर्णय आत्मघाती भन्दै लेखेका प्रभु शाहलाई मन्त्री पद चिट्टा परेको छ । जुन कदम गलत भनेका थिए सोही समुहमा गएर मन्त्री बनेका उनी झण्डा हल्लाउँदै मन्त्रालय पुगेका छन् । मन्त्री बनेकाहरुमा ५ जना पूर्व माओवादी समुहका छन् ।

    नेकपा विभाजन भएपछि प्रधानमन्त्री ओलीको समूहलाई साथ दिने टोपबहादुर रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पूर्वमाओवादी समूहकै प्रभु साह, मणि थापा, हरिशंकर चौधरी र दावा लामा पनि मन्त्री बनेका छन्।

    प्रभु साह तिनै नेता हुन्, जो पाँच दिनअघि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको सिफरिस गरेपछि चर्को असहमती जनाएका थिए । सार्वजनिक रुपमै उनले विरोध गरेका थिए । उनले ओलीको कदमको विरोध गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी समेत भएका थिए।

    status-pravu.jpg

    त्यो बैठकमा ओलीलाई अध्यक्षबाट हटाउने सर्वसम्मत निर्णयको पक्षमा उभिएका साह माधवकुमार नेपाललाई अध्यक्ष बनाउने बेलामा भने विपक्षमा देखिएका थिए। तर त्यसको ५ दिन पछि नै उनी ओली समुहमा पुगेर मन्त्री पनि बनिसकेका छन् ।

    प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको सामाजिक सञ्जालमा चर्को आलोचना गरेका र ओलीलाई अध्यक्षबाट हटाउँदा सहमती जनाएका उनै साह पाँच दिनपछि शुक्रबार मन्त्री बनेर झण्डा हल्लाउँदै सिंहदरबार छिर्दा कर्मचारीहरू पनि छक्क परेका छन्।

    प्रकाशित मिति :पौष ११ २०७७ शनिवार - २१:०५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij