Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

अनिल श्रेष्ठको निबन्धकृति 'टाइगर हिलकी पुनम'को तेस्रो संस्करण प्रकाशित

अनिल श्रेष्ठको निबन्धकृति 'टाइगर हिलकी पुनम'को तेस्रो संस्करण प्रकाशित


  • 6.1K
    Shares

    अनिल श्रेष्ठको निबन्धकृति 'टाइगर हिलकी पुनम'को तेस्रो संस्करण प्रकाशित
    images

    चर्चित प्रगतिवादी कवि, कथाकार तथा निबन्धकार अनिल श्रेष्ठको निबन्धकृति 'टाइगर हिलकी पुनम'को तेस्रो संस्करण प्रकाशनको सुअवसरमा यही शनिबार राजधानीमा एक परिचर्चा कार्यक्रमको आयोजना गरियो । बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि रमेशप्रसाद भट्टराईले विश्व यात्रा निबन्धमा आएको वदलाव र विकासका दर्जनौं दृष्टान्त दिँदै अब निबन्ध फगत् 'टेबल गफ' हो भन्ने दिन सकिएको जिकिर गर्नुभयो । अनिल श्रेष्ठका निबन्ध पढ्दा नसकीकन नछोडौं झैं लाग्ने हुनाले शक्तिशाली भएको दाबी गर्दै थप परिष्कारका निम्ति अतिरिक्त साधनाको खाँचो औंल्याउनुभयो । त्यसैगरी समालोचक बिन्दु शर्माले श्रेष्ठका निबन्ध अपूरो र अधुरो अनुभूत हुने अभिमत जाहेर गर्दै खडा गरिएका पात्रको कहानी बीचैमा टुट्ने गरेको गुनासो गर्नुभयो । यसतर्फ सचेत रहन श्रेष्ठलाई बिन्दुको विशेष आग्रह थियो ।

    245169003_385819416426502_6265640671799175021_n.jpg

    ओझेलमा परेका र पारिएका स्थानलाई प्रकाशित गर्ने श्रेष्ठको यत्न सार्थक रहेको पनि उहाँको राय थियो । श्रेष्ठका निबन्ध स्थानीय रङ्गहरूको अन्तरघुलनबाट निस्कने जादुयी लयले ओतप्रोत हुने गरेको कथाकार, निबन्धकार तथा स्तम्भकार नवीन विभासको दाबी थियो । श्रेष्ठले भुइँमान्छेका सपनाहरूलाई उनेर लेखन गर्ने गरेको उहाँको कथन थियो । त्यसैगरी अर्का प्रखर समालोचक तथा कवि तेजविलास अधिकारीले श्रेष्ठको साङ्गोपाङ्ग परिचय दिँदै पाठ्यक्रम र प्राज्ञिक लेखनले अनिल श्रेष्ठलाई नचिन्ने गरेको भन्दै व्यङ्ग्य गर्नुभयो ।

    245141233_1033759837455728_2072162691298918686_n.jpg

    श्रेष्ठको कथनी र करनीमा तादात्म्य भएको उहाँको स्पष्टोक्ति थियो । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले श्रेष्ठको वास्तविकता थाहा पाउन उनका कृतिको पठनमात्र पर्याप्त नहुने भन्दै उनका व्यावहारिक र सामाजिक आयामहरूको विशद अध्ययन जरूरी हुने बताउनुभयो । केन्द्रका महासचिव अनन्त वाग्लेले सहजीकरण गरेको उक्त कार्यक्रममा उपाध्यक्ष विजयराज आचार्यले उपस्थित स्रष्टा र साहित्यानुरागीको स्वागत गर्नुभएको थियो भने कोषाध्यक्ष शान्ति सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कृति विवेक सिर्जनशील प्रकाशन प्रा•लि•ले बजारमा ल्याएको हो ।

    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - १०:१७:५५ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij